बैतडी –बैतडीमा आजदेखि योग विज्ञान शिविर शुरु भएको छ । जगन्नाथ बहुमुखी क्याम्पसको प्रांगणमा १० दिने योग विज्ञान शिविर शुरु भएको दशरथचन्द नगरपालिका आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले जानकारी दिए ।
दशरथचन्द नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा योग विज्ञान शिविर शुरु भएको हो । शिविरको आज एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भानदेव भट्ट र दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले संयुक्त रुपमा उद्दघाटन गरे ।
शिविरमा पतञ्जली योग समिति बैतडीका प्रशिक्षक भवानी भट्ट र लक्ष्मी भट्टले प्रशिक्षण दिईरहेका छन् । ‘गरौं योग डटेर, जान्छ रोग हटेर’ भन्ने मूल नाराका साथ शिविर शुरु भएको हो । शिविरमा सहभागी भएर फाइदा लिन समेत आग्रह गरिएको छ । शिविर हरेक दिन बिहान साढे पाँच बजेदेखि साढे ६ बजे सम्म सञ्चालन हुने बताइएको छ ।




