बैतडी – बैतडीको पाटन नगरपालिका १० स्थित सरस्वती मावि सल्लेबासमा आइतबार नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । विद्यालयमा भएको अभिभावक भेलाले धर्मराज भट्टको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको हो ।
अभिभावक भेलामा पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर,सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघका सुदूरपश्चिम प्रेम सिंह भाट, पाटन नगरपालिका शिक्षा शाखा प्रमुख बिर्खराज भट्ट लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।
भट्ट चौथो पटक अध्यक्षमा चयन भएका हुन् । यस्तै सदस्यहरुमा गगनसिंह महरा, केशवराज भट्ट, जानकी भट्ट, बिमला सार्की , लक्ष्मी भट्ट, वडा पदेन सदस्यमा वडा अध्यक्ष धन बहादुर कुवँर, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद भट्ट रहेका छन् ।
२०१६ सालमा स्थापना भएको यस बिद्यालयमा हाल कक्षा १२ सम्मको पढाइ भईरहेको र २७० जना भन्दा बढी बिद्यार्थिहरु अध्ययनरत रहेको शिक्षक लोकराज भट्टले बताए ।




