Sagun Khabar
बैतडीको सुर्नयामा चौथाली–कठमडा सडक निर्माण कार्य शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ र ८ जोड्ने चौथाली –कठमडा सडक निर्माण कार्य शुरु भएको छ । सुर्नया गाउँपालिका वडा नं ७ को चौथालीबाट कठमडा सम्मको सडक निर्माण कार्य शुरु भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

गाउँपालिकाले सो सडक निर्माणका लागि चालु आर्थिक बर्षमा ५० लाख बजेट विनियोजन गरेको थियो । सो सडकलाई दुई खण्डमा विभाजन गर्ने ट्रयाक खोल्ने कार्य शुरु भएको बताइएको छ । वडा नं ६ को अनिरुद्र मन्दिरबाट वडा नं ७ पत्थरकोट र वडा नं ७ को पत्थरकोटबाट कठमडा जोड्ने हिसाबले टेण्डर भई निर्माण कार्य शुरु भएको हो । 

सडक निर्माण कार्यको आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले उद्दघाटन गरेका छन् । सडक उद्दघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा, वडा नं ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।  करीब ७ किलोमिटर सडक ट्रयाक खोल्ने लक्ष्य रहेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update