बैतडीको खोड्पे बजारमा खानेपानी अवरुद्ध, स्थानीयहरु समस्यामा
बैतडी –बैतडीको पाटन नगरपालिका ८ खोडपे बजारमा ४ दिनदेखि खानेपानी अवरुद्ध भएको छ । खानेपानी अवरुद्ध भएपछि बजारमा खानेपानीको समस्या भएको छ । विद्युत लाईनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
कम भोल्टेजको विद्युतका कारण मोटर सञ्चालन हुन नसकेको र त्यसै कारण खानेपानी अवरुद्ध भएको उनले बताए । खोड्पे बजारमा लिफ्टिङ प्रणाली मार्फत खानेपानीको व्यवस्थापन गरिएको छ । बेला बेलामा विद्युत लगायत अन्य कारणले खानेपानी अवरुद्ध हुने गरेको स्थानीयहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १८:२०
प्रतिक्रिया दिनुहोस्




