Sagun Khabar
बैतडीमा सामाजिक उत्तरदायित्वका लागि अन्तरक्रिया सम्पन्न

बैतडी –बैतडीको पाटनमा सामाजिक उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोग र फाया नेपाल धनगढी,कैलालीको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । 

अन्तरक्रियामा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य, बृहत यौनिकता शिक्षा लगायतका बिषयमा छलफल भएको छ । अन्तरक्रियामा किशोरकिशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा राखेका जिज्ञासाहरुको सरोकारवाला व्यक्तिहरुले जवाफ दिएका थिए । 

अन्तरक्रियामा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्रलाई प्रभावकारी बनाइने बताए । यस्तै स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवालाई अझै सुदृढ बनाइने उनले बताए । 
यसैगरी किशोरकिशोरीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा. अस्मिता नेगीले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा किशोरकिशोरीहरुले जानकारी राख्नुपर्ने बताइन् ।  

यस्तै पाटन नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले किशोरकिशोरीहरुलाई जिवनोपयोगी सीपका बारेमा जानकारी आगामी आर्थिक बर्र्षमा कार्यक्रम सञ्चालन गर्ने बताइन् । 

पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले वडाभित्र रहेका विद्यालयहरुमा छात्रा शौचालय, खानेपानी लगायतको व्यवस्थापन गरिने बताए । 

अन्तरक्रियामा छात्राहरुले गत आर्थिक बर्षमा नगरपालिकाका विद्यालयहरुमा गुणस्तरहीन सेनेटरी प्याड वितरण गरिएको भन्दै अब त्यसको नगर्न ध्यानाकर्षण गराए । जवाफमा नगर प्रमुख रावलले अब गुणस्तरयुक्त सेनेटरी प्याड वितरण गरिने प्रतिबद्धता व्यक्त गरे । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update