Sagun Khabar
बैतडीका नयाँ सिडिओ पन्थी हाजिर, पत्रकारहरुसंग अन्तरक्रिया 

बैतडी –बैतडीमा नयाँ सिडिओ सुरेश पन्थी हाजिर भएका छन् । गृहमन्त्रालयले केही दिन अघि बैतडीको सिडिओको रुपमा पन्थीलाई खटाएपछि उनी सोमबार जिल्लामा हाजिर भएका हुन् । 

प्रमुख जिल्ला अधिकारी पन्थीले आज क्रियाशील पत्रकारहरुसंग अन्तरक्रिया समेत गरेका छन् । जिल्लाका विभिन्न समस्याका बारेमा जानकारी लिन र ती समस्याहरु समाधानका लागि स्थानीय प्रशासनबाट चाल्न सकिने कदम तय गर्न अन्तरक्रिया गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले जिल्लामा पेट्रोलको समस्या लगायतका बिषयमा प्रमुख जिल्ला अधिकारी पन्थीको ध्यानाकर्षण गराएका छन् । जिल्लामा देखिएको पेट्रोलको समस्या समाधानका लागि स्थानीय प्रशासन पहल गर्ने उनले बताए । 

यस्तै प्रमुख जिल्ला अधिकारी पन्थीले जिल्लामा शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त दुरुस्त बनाइने बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update