Sagun Khabar
अछाममा सर्पले टोकेर एक गर्भवतीको मृत्यु 

अछाम –अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो । 

सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिए  । सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै बेला रामपुराको मृत्यु भएको बताइएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update