बैतडीको दोगडाकेदारमा विद्युतीकरणका लागि कांग्रेस सचिव जोशीको पहल
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाका विद्युतीकरण नभएका वडाहरुमा विद्युत विस्तारका लागि नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले पहल गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उनले विद्युतीकरण नभएका वडाहरुमा विद्युत विस्तारका लागि आग्रह गरेका छन् ।
स्थानीय तहको निर्वाचनका बेला आफूले विद्युतीकरण गर्ने बाचा बोलेको र चुनावमा पराजय भोगेपनि आफ्नो तर्फबाट पहल गरेको सचिव जोशीले बताए ।
दोगडाकेदार गाउँपालिकाको वडा नं १, ६ र ८ मा विद्युत विस्तार हुन बाँकी रहेको छ । ती ठाउँहरुमा विद्युत विस्तारका लागि प्राधिकरणका निर्देशक घिसिङले सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेका सचिव जोशीले बताए ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ ०७:३१
प्रतिक्रिया दिनुहोस्




