Sagun Khabar
पाटन –४ का अभिभावकले गरे बालविवाह अन्त्य गर्ने प्रतिबद्धता 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ४ का अभिभावकहरुले आफ्नो गाउँबाट बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को सहयोगमा पीसवीन नेपालले सञ्चालन गरेको रुपान्तरण कार्यक्रम अन्तर्गत तालिममा सहभागी भएका अभिभावकहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

अभिभावकहरुका लागि सञ्चालन गरिएको तीनदिने तालिमबाट आफूहरुले बालविवाहका बेफाइदाका बारेमा थाहा पाएपछि बालविवाह अन्त्य गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको स्थानीय नरेन्द्र महराले बताए । उनले भने ‘बालविवाहले छोराछोरीको भविष्यमा समस्या गर्ने भएकाले हामीहरुले २० बर्ष पछि मात्रै छोराछोरीको विवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।’

अभिभावकहरुका लागि सञ्चालन गरिएको तालिमले आफूहरुले बालविवाहले पार्ने असरका बारेमा थाहा पाएपछि बालविवाह गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको स्थानीय द्रोपती विकले बताइन् । 

बालविवाह अन्त्यका लागि जिल्लाका विभिन्न स्थानमा अभिभावकहरुलाई तीन दिने तालिम दिने गरिएको र तालिमको अन्तिम दिनमा प्रतिबद्धता समेत गर्ने गरिएको पीसवीनका कार्यक्रम तथा लेखा सहायक दिनेशप्रसाद जोशीले बताए । 

जिल्लाका पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका अभिभावकहरुलाई तालिम दिने कार्यक्रम रहेको उनले बताए । 

Partibaddhta1655284020.jpg

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update