बैतडीको सुर्नया नदीमा जलविद्युत आयोजना निर्माण गरिने
बैतडी –बैतडीको सुर्नया नदीमा जलविद्युत आयोजना निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाडमा जलविद्युत आयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।
यी दुवै जलविद्युत आयोजना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको आर्थिक मामिला मन्त्री प्रकाश रावलले बताए ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १७:५८
प्रतिक्रिया दिनुहोस्




