सुदूरपश्चिम सरकारद्वारा पत्रकारिता क्षेत्रको विकासका लागि १ करोड २० लाख विनियोजन
बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
उनले आमसञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफएम रेडियोलाई पूँजीगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न र लोक कल्याणकारी विज्ञापन समेतका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको बताए ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १८:१६
प्रतिक्रिया दिनुहोस्




