Sagun Khabar
बैतडीको सुर्नयाका निवर्तमान जनप्रतिनिधिले बुझाएनन् जिन्सी सामग्री 

बैतडी –स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आइसकेका भएपनि बैतडीको सुर्नया गाउँपालिकाका केही निवर्तमान जनप्रतिनिधिहरुले जिन्सी सामग्री फिर्ता बुझाएका छैनन् । 

गाउँपालिकाको सम्पत्तिका रुपमा रहेका जिन्सी सामग्री पुराना जनप्रतिनिधिहरुले नबुझाएकाले गाउँपालिकाले सूचना प्रकाशन गरेर जिन्सी सामग्री बुझाउन आग्रह गरेको छ । 

गाउँपालिकाले जिन्सी सामग्री बुझाउन निर्वाचन अगाडि समेत सूचना प्रकाशन गरिसकेको भएपनि धेरै जसो जनप्रतिनिधिहरुले सामग्री बुझाउन बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र धामीले बताए । 

सवारी साधन, ल्यापटप, टिभी लगायतका जिन्सी सामग्री अझै पनि पुराना जनप्रतिनिधिहरुले नबुझाएको सुर्नया गाउँपालिको जनाएको छ । गाउँपालिकाले असार १० गतेभित्र पुराना सामग्री बुझाउन सूचना प्रकाशन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए । 

गाउँपालिकाका निवर्तमान अध्यक्ष बीरबहादुर बिष्ट लगायतका केही प्रतिनिधिले जिन्सी सामग्री बुझाएको भएपनि केही पुराना जनप्रतिनिधिहरुले जिन्सी सामग्री बुझाउन बाँकी रहेकाले सूचना प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । अब तोकिएको मितिभित्र जिन्सी सामग्री नबुझाए कानुन अनुसार गाउँपालिका अघि बढ्ने उनले बताए । 

Surnaya janpartinidhi1655350333.jpg

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update