काठेपुलबाट सेती नदीमा खसेर एक किशोरीको मृत्यु
बैतडी –काठेपुलबाट सेती नदीमा खसेर डोटीकी एक किशोरीको मृत्यु भएको छ । डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकाबाट बैतडीको सिगास गाउँपालिका ७ साङडा आउने क्रममा १७ बर्षीया ढुल्लु अधिकारीको पुलबाट खसेर मृत्यु भएको हो ।
बिहीबार बिहान काठेपुलबाट सेती नदीमा खसेर उनको मृत्यु भएको स्थानीय पदम खडायतले बताए । अधिकारी रोपाँइका लागि सिगास ७ सङडा आउँदै गरेको बताइएको छ ।
गत बर्ष कार्तिकको पहिलो साता परेको अविरल बर्षा संगै आएको बाढीले पुल बगाएपछि सो क्षेत्रमा आवतजावत गर्न स्थानीयले सेती नदीमाथि काठेपुल राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्




