Sagun Khabar
बैतडीको पाटन पूर्ण खोप सुनिश्चित पालिका घोषणा 

बैतडी –बैतडीको पाटन नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बिहीबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  

बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेकाले त्यसको निरन्तरताका लागि प्रत्येक बर्ष पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पालिकाहरु पूर्ण खोप सुनिश्चित घोषणा भईसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । 

पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update