Sagun Khabar
बैतडीमा टिप्पर दुर्घटना, चार जना घाइते 

बैतडी –बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । धनगढीबाट इँटा बोकेर बैतडी आउँदै गरेको म १ क ३८८ नम्बरको टिप्पर दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार दिउँसो दुर्घटनामा परेको हो । 

दुर्घटना परी टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका ५ का सन्तोष डगौरा, सहचालक भीमदत्त नगरपालिका ४ का विरेन्द्र चौधरी, बैतडीको पाटन नगरपालिका ३ का हिरा विक र पाटन नगरपालिका ४ का हरिना ऐरी महरा घाइते भएका छन् । 

घाइते चारैजनालाई उपचारका लागि एम्बुलेन्स मार्फत डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।  हिरा विक र चालक सन्तोष डगौंराको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता साउँदले बताए । विकको ढाड र डगौंराको टाउकोमा चोट लागेको बताइएको छ । 

टिप्पर सडकबाट करीब ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने पत्ता लागेको छैन् । 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update