Sagun Khabar
बैतडीमा पत्रकारहरुको क्षमता विकासका लागि अभिमुखीकरण 

बैतडी –पत्रकारहरुको क्षमता विकासका लागि बैतडीमा दुई दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम शुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रममा बैतडी र दार्चुलाका पत्रकारहरुको सहभागिता रहेको छ । अभिमुखीकरण कार्यक्रमको उद्दघाटन गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष योगेश रावलले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरुको क्षमता विकास हुने विश्वास व्यक्त गरे । जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको उनले बताए । 

अभिमुखीकरण कार्यक्रमको उद्दघाटन सत्रमा बोल्दै बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यस्ता खालका कार्यक्रमले पत्रकारहरुको क्षमता विकासमा सहयोग पुग्ने बताए । जिल्लामा पत्रकारहरुको क्षमता विकासका लागि आफ्नो तर्फबाट पनि पहल गर्ने उनले सुनाए । 

अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका पूर्व अध्यक्ष अर्जुन शाह र प्रदेश कार्यसमितिका सचिव हरि जोशीले सहजीकरण गरिरहेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update