Sagun Khabar
पुर्चौंडीका मेयर बमले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाका मेयर दिपकबहादुर बमले विभिन्न माग सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिनका लागि शुक्रबार कञ्चनपुर पुगेका प्रधानमन्त्री देउवालाई भेटेर मेयर बमले ज्ञापन पत्र बुझाएका हुन् । 

मेयर बमले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापन पत्रमा पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने, पुरघाट प्रहरीचौकीलाई इलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नती गर्नुपर्ने, हाट स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा विकसित गर्नुपर्ने र आगामी श्रावण १ गतेबाट हाट स्वास्थ्यचौकीमा एक्सरे र भिडियो एक्सरे सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ । 

यस्तै पुर्चौंडी नगरपालिकाभरी विद्युतीकरण र दु्रत गतिको इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक पहल गरिदिनुपर्ने माग समेत गरिएको छ । 

प्रधानमन्त्री देउवाले ज्ञापन पत्र बुझ्दै माग पूरा गर्नका लागि सकारात्मक जवाफ दिएको मेयर बमले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update