Sagun Khabar
बैतडीका ८ स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा 

बैतडी –बैतडीका ८ ओटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि पालिकाहरु पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका हुन् । 

पालिकाभित्र रहेका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । 

आज शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसंगै बैतडीमा पूर्ण खोप सुनिश्चित पालिकाको संख्या पुगेको छ । डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ । 

बाँकी रहेका दुई पालिकालाई पनि दुईदिनभित्रै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेर असार ६ गते बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बैतडी जिल्ला २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा भईसकेको र त्यसपछि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update