Sagun Khabar
बैतडीमा खोप समन्वय समिति पुनर्गठन

बैतडी –बैतडीमा जिल्ला खोप समन्वय समिति पुनगर्ठन भएको छ । जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी संयोजक रहेको खोप समन्वय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर रहेका छन् । 

यस्तै समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, जिल्ला समन्वय समिति अधिकारी, दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी, जिल्ला अस्पताल बैतडीका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत रहेका छन् । 

खोप समन्वय समितिको बैठकले असार ६ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय समेत गरेको छ । हरेक बर्ष असार ६ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालयका प्रमुख एवं खोप समन्वय समितिका सदस्य सचिव योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update