बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ स्थित मूलपानी धामको संरक्षण सम्वद्र्धन र प्रचारप्रसारका लागि मूलपानी धार्मिक सेवा समिति गठन भएको छ । ग्वाल्लेक केदारको मूलबाटोमा पर्ने धामको संरक्षणको लागि समिति गठन गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
डम्मरबहादुर बोहराको अध्यक्षतमा गठन भएको २५ सदस्यीय समितिको उपाध्यक्षमा गोपालसिंह बोहरा, सचिवमा शंकरसिंह बोहरा, कोषाध्यक्षमा नन्दा बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् ।
समितिले मूलपानी धामको संरक्षण र प्रचारप्रसारका लागि पहल गर्नेछ । यस्तै समितिलाई विधिवत रुपमा दर्ता गर्नका लागि शंकरसिंह बोहराको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । यस्तै चन्द्रसिंह बोहराको संयोजकत्वमा धार्मिक अभियान निर्माण उपसमिति गठन गरिएको वडा अध्यक्ष बोहराले बताए ।
मूलपानी धामलाई चिनाउन समितिले काम गर्ने र ग्वाल्लेक केदारप्रति आस्थावान सम्पूर्णलाई समितिसंग मिलेर सहकार्य गर्न समेत आग्रह गरिएको छ ।




