Sagun Khabar
बैतडी भोलि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदै 

बैतडी –बैतडी जिल्लालाई भोलि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाईसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको हो । 

जिल्ला खोप समन्वय समितिको शनिबार बसेको बैठकले असार ६ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय समेत गरिसकेको छ । २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको बैतडीलाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ । पूर्ण खोपलाई निरन्तरता दिनका लागि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि घरधुरी सर्वेक्षण समेत गरिएको छ । १६ देखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । प्रत्येक स्थानीय तहका ३÷३ वडामा घुरधुरी सर्वेक्षण गरिएको बताइएको छ । एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update