Sagun Khabar
दरबन्दी अनुसारका कर्मचारी माग गर्ने जिसस बैतडीको निर्णय 

बैतडी –जिल्ला समन्वय समिति बैतडीको दोश्रो पूर्ण बैठकले दरबन्दी अनुसारका कर्मचारी माग गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतमा बसेको बैठकले दरबन्दी अनुसारका व्यवस्थापनका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिए । 

यस्तै जिल्ला समन्वय समितिको जीर्ण रहेको गेष्ट हाउसलाई मर्मतका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । यस्तै असार ३२ गते जिल्लासभा गर्ने निर्णय बैठकले गरेको सदस्य भाटले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update