Sagun Khabar
बैतडीको डिलाशैनीमा स्काउटले आफ्ना गतिविधि शुरु गर्यो 

बैतडी –नेपाल स्काउटको ७१ औं स्थापना दिवसको अवसर पारेर बैतडीको डिलाशैनीमा स्काउटले आफ्ना गतिविधि शुरु गरेको छ । स्काउट स्थापना दिवसको अवसरमा शिक्षा केन्द्र अमर माविको क्षेत्रमा वृक्षारोपण गरिएको स्काउटका डिलाशैनी संयोजक तेजराज जोशीले बताए । 

स्काउटका माध्यमबाट विद्यार्थीहरुमा अनुशासन, खेलकुद, राष्ट्रप्रेम लगायतका बिषयमा जानकारी दिनका लागि पहल गरिने संयोजक जोशीले बताए । स्काउटका गतिविधिहरुलाई अगाडि बढाउन पालिकाका तर्फबाट समेत सहयोग गरिने डिलाशैनी गाउँपालिकाका कार्यवाहक अध्यक्ष यज्ञराज भट्टले बताए । उनले भने ‘हामीले स्काउटका माध्यमबाट राष्ट्रप्रेम जगाउने हिसाबले काम अघि बढाउछौं ।’

स्काउटका माध्यमबाट विद्यालयहरुमा विभिन्न गतिविधि अघि बढाइने संयोजक जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update