Sagun Khabar
बैतडीकी एक युवती बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीबाट एक विवाहित युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका– ८ की १८ वर्षीय श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी पारिवारिक श्रोतले जनाएको छ । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएकी उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् । 

आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update