बैतडीको पुर्चौंडीमा एम्बुलेन्स उपलब्ध गराउन माग
बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकालाई एम्बुलेन्स उपलब्ध गराउन माग गरिएको छ । भौगोलिक विकटता रहेको पुर्चौंडीमा स्वास्थ्य संस्थामा बिरामीहरुलाई पुर्याउन कम्तीमा ३ एम्बुलेन्स आवश्यक भएको र सामाजिक विकास मन्त्रालयबाट एक थान एम्बुलेन्स उपलब्ध गराउन माग गरिएको हो ।
पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले आज सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहरालाई भेटेर नगरपालिकाका लागि एम्बुलेन्स उपलब्ध गराउन माग गरेका हुन् । नगरबासीहरुलाई एम्बलेन्स नहुँदा धेरै समस्या रहेकाले एम्बुलेन्स उपलब्ध गराउन माग गरिएको मेयर बमले बताए ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १८:४३
प्रतिक्रिया दिनुहोस्




