बैतडी – बैतडीमा आज बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ । आजदेखि असार १० गते सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए । जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध भएको उनले बताए ।
असार १० गते सम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने उनले बताए । यद्यपि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारु गर्न पहल भइरहेको उनको भनाई छ । विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु भएकाले भएकाले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधा प्रति विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ ।
विद्युत सेवा अवरुद्ध भएसंगै विभिन्न क्षेत्रमा समस्या भएको छ । विद्युतको अभावमा सञ्चार माध्यम, सरकारी कार्यालय, गैरसरकारी कार्यालयको सेवा प्रवाहमा समस्या हुने देखिएको छ ।
सवस्टेशन पुरानो हुँदा बेला बेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको र अब त्यसको नहोस भन्नका लागि नयाँ सवस्टेशन राख्ने प्रक्रिया शुरु भएको प्रमुख भट्टले बताए ।





