Sagun Khabar
बैतडीकी बेपत्ता युवतीको त्रिनगर नाकाबाट उद्धार 

बैतडी –गएको शनिबारदेखि बेपत्ता भएकी बैतडीकी युवतीको सीमा नाकाबाट उद्धार गरिएको छ । रोपाँई जान्छु भनि घरबाट हिँडेकी सिगास गाउँपालिका ८ की १८ बर्षीया सरस्वती बोहरा बेपत्ता भएकी थिइन् । 

घरपरिवारले दिएको हुलियाका आधारमा खोजी गर्दै जाँदा उनको कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । भारत तर्फ जान लागेकी सरस्वतीलाई विभिन्न संघसंस्थाको पहलमा उद्धार गरि प्रहरीलाई बुझाइएको थियो । 

सरस्वतीलाई उनका श्रीमान रमेश बोहराको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक जोशीले बताए । सरस्वती भारत जान लागेको कारण भने खुल्न नसकेको जनाइएको छ । रमेश र सरस्वतीले गएको चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update