Sagun Khabar
मुल्य वृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियु बैतडीले बुझायो प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

बैतडी- अनेरास्ववियु बैतडीले प्रधानमन्त्रीलाइ  ज्ञापन पत्र बुझाएको छ । पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानको मुल्य वृद्वि विरुद्ध बुधबार प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी मार्फत  अनेरास्ववियु जिल्ला कमिटि बैतडीले प्रधानमन्त्रीलाइ  ज्ञापन पत्र बुझाएको  हो ।

पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य सामानको  मुल्य  वृिद्ध  तत्काल फिर्ता लिन  माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यर्थी  युनियन जिल्ला कमिटि बैतडीले  प्रधानमन्त्री तथा मन्त्री परिषदको  कार्यालयलाइ  ज्ञापन पत्र बुझाएको अनेरास्ववियु जिल्ला कमिटि बैतडी संयोजक नरेन्द्र साउँदले जानकारी दिए ।

 जनताको आधारभृत आवश्यकता संग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्दै निगमले आफनो  कमजोरी  लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकालने उदेश्य राखी गरिएको  मुल्य वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार  माग गर्दछ  ज्ञापनमा पत्रमा उल्लेख गरिएको छ ।

मुल्य  वृद्धि  फिर्ता नगरिए जस्तो सुकै आन्दोलनमा उत्रिन पनि  बाध्य हुने अनेरास्ववियुको चेतावनी  छ । जनता महंगीको  मारमा भएपनि  सरकारले महंगी नियन्त्रणमा चासो  दिएको छैन् । 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update