Sagun Khabar
विकासका लागि बैतडीको पाटनले  माग्यो  नगरबासी संग सुझाव 

बैतडी- बैतडीको पाटन नगरपालिकाले  नगरबासीहरुको सुझाव संकलन गरेको  छ ।  पाटन नगरपालिका घर भई काम तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिर तथा विदेशमा रहेकाहरुबाट नगरपालिकाले ‘भर्चुअल’ मिटिङको  आयोजना गरेर  सुझाव संकलन गरेको हो ।

तीन दिन सम्म चलेको  जुम मिटिङबाट  पाटन नगरपालिकाको विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा नगरबासीहरुबाट सुझाव सल्लाह संकलन गरिएको  नगरपालिकाका उपप्रमुख कमल बोहरा अपिले  जानकारी  दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

पाटन घर  भइ  विभिन्न कामले बाहिर रहेका विज्ञ र बौद्धिक नागरिकहरुबाट  अगामी आर्थिक वर्षका लागि  नगरपालिकाले ल्याउनुपर्ने कार्यक्रमका लागि सुझाव सल्लाह मागेका उहाँले बताए ।  तीन दिने  मिटिङको आयोजना गरेर नगरपालिकाले सुझाव सल्लाह संकलन गरेको पाटन नगरपालिकाका सूचनाअधिकारी  महेस भट्टले जानकारी दिए ।

नगबासीबाट महत्वपूर्ण सुझाव आएकाले  सोही  अनुसार विकासका काम अघि बढ्ने उपप्रमुख बोहराले बताए । बढ्दो वेरोजगारीको समस्या समाधानका गर्न, कृषिको क्षेत्रमा बजारीकरणको समस्या सामाधान, शिक्षाको गुणस्तर सुधारकालागि कार्यक्रम सञ्चालन गर्न मिटिङमा सहभागिहरुले  सुझाएका  बताइएको  छ ।

शुक्रबार पाटनले  पनि नगरसभाबाट अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको  छ । मिटिङबाट संकलन गरिएका सुझाव सल्लाहलाई समेत ध्यानमा राखेर अगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम  ल्याइने नगरपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update