Sagun Khabar
बैतडीको शिवनाथमा पनि  विद्युतीय भुक्तानी

बैतडी-  बैतडीकोे शिवनाथ गाउँपालिकाले  पनि  विद्युतीय भुक्तानी शुरु गरेको  छ । गाउँपालिकाले  विद्युतीय भुक्तानी शुरु  गरिसकेको  गाउँपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले  जानकारी दिए । चेक मार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब सहज हुने भएको छ ।

अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुने बताइएको छ । महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा जिल्लाका केहि स्थानीयतहरुले असारमै विद्युतीय भुक्तानी सेवा शुरु गरिसकेका छन् ।

यसअघि   जिल्लाको दशरथचन्द नगरपालिकाले  पनि विद्युतीय भुक्तानी शुरु गरिसकेको छ । विद्युतीय भुक्तानी प्रणाली शुरु भएपछि अब सेवाग्राहीहरुलाई समेत सजिलो हुने  अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update