Sagun Khabar
बैतडीका तीन ठाउँबाट मतदाता नामावली संकलन हुँदै, छुटेकालाइ नाम दर्ता गराउन आग्रह

बैतडी-  बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ । आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर अहिले फेरी मतदाता नामावली संकलन  भइरहेको  हो ।

स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भएपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम स्थगित गरिएकोमा असार १ गतेबाट पुनः सुरु भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रशाद फुयालले जानकारी दिए  ।

उमेर पुगेर  पनि स्थानीयतहको  निर्वाचनमा मतदाता परिचय पत्र नभएर मताधिकार प्रयोग गर्न बाट बञ्चीत भएकाहरुलाइ  निर्वाचन कार्यालय बैतडीले फोटो सहितको मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ  । अहिले आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजरमा राखेर आयोगले सो कार्यक्रम पुनः सञ्चालनमा ल्याएको हो ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख फुयालले नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबैलाइ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन् ।

अहिले जिल्ला निर्वाचन कार्यालय बैतडी, जिल्ला प्रशासन कार्यालय बैतडी र इलाका प्रशासन कार्यालय पुर्चौडी हाटबाट मतदाता नामावली संकलनको कार्य भइहरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले  जनाएको  छ  । निर्वाचनको  मिति घोषणा नहुँदा सम्म संकलनको  काम जारी  रहने  बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update