Sagun Khabar
बैतडीमा  मन्दिर निर्माणका लागि ३ करोड ९४ लाख बजेट 

बैतडी - बैतडीमा  मन्दिरका लागि झण्डै  ४ करोड बजेट विनियोजन भएको छ । सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबै  भन्दा बढी बैतडीका मन्दिरका लागि बजेट विनियोजन भएको हो ।

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा मन्दिमा मात्रै २२ करोड बढी बजेट विनियोजन गरेकोमा बैतडीका लागि झण्डै ४ करोड छुट्टाएको छ । सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट बैतडीका ४५ मन्दिर निर्माणका   लागि सो  बजेट विनियोजना गरेको हो । 

यस्तै प्रदेश सरकारले आगामी वर्षको बजेटमा कैलालीमा ४४ मन्दिर निर्माण गर्न ३ करोड ८५ लाख, कञ्चनपुरमा ३५ मन्दिरका लागि २ करोड ५९ लाख, डोटीमा २४ मन्दिरका लागि १ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ। यसैगरी, अछामका २७ मन्दिरका लागि २ करोड २० लाख, बझाङमा ४४ मन्दिरका लागि ३ करोड २६ लाख, बाजुरामा १३ मन्दिरका लागि ९० लाख, डडेल्धुरामा १७ मन्दिरका लागि १ करोड ६३ लाख र दार्चुलामा ३४ मन्दिरका लागि २ करोड ७४ लाख बजेट छुट्याएको छ ।  

युवा बेरोजगार भएर  बसिरहेका बेला मन्दिरमा यति ठुुलो  रकम विनियोजनले सुदूरपश्चिम सरकारको  चौतर्फी आलोचना भइरहेको  छ । वेरोजगारी  अन्तय गर्ने खालका कार्यक्रम ल्याउन  छाडेर  प्रदेश सरकारले मन्दिर निर्माणमा बढी  बजेट छुट्टाएपछि    युवाहरु  आक्रोसित बनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update