Sagun Khabar
छुटेकालाइ परिचयपत्र दिन माग गर्दैै जिल्ला हलिया मुक्ती समाज बैतडीले बुझायो पालिकाहरुलाइ  ज्ञापन पत्र 

बैतडी- छुटेका मुक्तहलियाहरुलाई परिचयपत्र प्रदान गर्नु पर्ने माग गर्दै जिल्ला हलिया मुक्ती समाज बैतडीले पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ । परिचयपत्र प्रदान गर्नुपर्ने, ससक्तीकरणको लागि बिभिन्न कार्यक्रमहरुको माग गर्दै पालिकाहरुमा ज्ञापन पत्र बुझाएको जिल्ला हलिया मुक्ती समाज बैतडीका अध्यक्ष जयराम लुहारले जानकारी दिए ।

१० ओटै स्थानीयतहमा ज्ञापन पत्र बुझाइएको उनले बताए । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा प्रत्यक्ष उपस्थित भएर  र अन्य ५ पालिकामा इमेल मार्फत ज्ञापन पत्र बुझाइएको बताइएको छ ।

 छुटेका हलियाहरुलाई परिचयपत्र निर्माण, वितरण, प्रमाणिकरणको माग गर्दैै  ज्ञापन पत्र बुझाइएको उनको  भनाइ छ । परिचयपत्र प्रदान गरी प्रमाणिकरणको दायरामा ल्याउनु पर्ने, पुनंस्थापनाको लागि संघिय तथा प्रदेश सरकारसँग आवश्यक समुन्वय हुनुपर्ने, हलियाहरुको समाजिक सशक्तीकरण र समावेशीकरणलाई प्राथमिकता दिनुपर्ने लगायतका मागहरु अघि सारेर अहिले पालिकाहरुको ध्यानाकर्षण गराइएको  हलियामुक्ती समाज बैतडी अध्यक्ष लुहारको  भनाइ  छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update