Sagun Khabar
बैतडीः पाटन नगरपालिकाको  नीती तथा कार्यक्रम सार्वजनिक

बैतडी- बैतडीको पाटन नगरपालिकाले  नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९÷८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर पाटनले नीति  तथा कार्यक्रम ल्याएको छ ।

 कृषि  उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण  गरिने ,महिनाको  १ पटक हाट बजार लगाइने र कृर्षकहरुलाई ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै शिक्षा तर्फ अग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजि शिक्षक र वालविकास शिक्षकहरुको अनुदानमा बृद्धी गर्ने, प्रत्येक बिद्यालयमा योग शिक्षा लागु गर्ने बताइएको छ ।

एक वडा एक मिनि नमुना बिद्यालय कार्यक्रम लागु गर्ने, कक्षा १ देखि ८ सम्म नैतिक शिक्षा पाठ्यपुस्तकमा समाबेस गरिने, टुहुरा जेहेन्दार, सहिद तथा बेपत्ता तथा घाईने परिवारका छोराछोरीहरुलाई स्टेस्नरी समाग्री र छात्रवृतीको ब्यवस्था गरिने  कार्यक्रम समेटिएका छन् ।  पुर्वाधार तर्फ बाह्रैमास चल्न सक्ने किसिमका बनाउन  ग्रामिण सडकलाई प्राथमिकतामा दिइएको छ ।

फोहोरमैला ब्यवस्थापन केन्द्र, नमुना शहरको कार्यक्रमलाई तिब्रता दिईने देखि खानेपानी र विद्युतलाई प्राथमिकता दिइने निति तथा  कार्यक्रममा उल्लेख गरिएको छ । भौगोलिक कठिनाई र विद्यार्थी संख्याको अनुपातलाई हेरेर विद्यालय समायोजन तथा तहगत बृद्धी गर्ने पनि उल्लेख गरिएको छ । वडाहरुमा निशुल्क स्वास्थय शिविरको  आयोजना गरिने , अगामी ३ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

धार्मिक तथा सास्कृतीक विकासका लागि पनि मठमन्दिरको भौतिक विकासका कार्यक्रम पन लागु गरिने उल्लेख गरिएको छ । स्वरोजगार कार्यक्रमका लागि सिप विकासका तालिमहरुको पनि आयोजना गर्ने उल्लेख गरिएको छ । सुसासनका क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु अघि सारिएका छन् ।

कर्मचारीको स्तरोन्नतीका लागि पहल गरिने देखि नगरपालिकाका उत्कृष्ट ३ जना कर्मचारीलाई वर्षिकरुपमा सम्मान गर्ने र कानुन विपरित आफ्नो कर्तब्य पालना नगर्ने कर्मचारीलाई दण्डित गरिने पिनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यसैगरी नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गर्दै बजेट सिलिङ पनि सार्बजनिक गरेको छ । ६४ करोड ४ लाख १८ हजार रुपैँया बराबरको बजेट सिलिङ सार्बजनिक गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update