Sagun Khabar
बैतडीको सुर्नयाले  ल्यायो  ४३ करोड २७ लाखको बजेट 

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले ४३ करोड २७ लाखको  बजेट ल्याएको छ । गाउँपालिकाले शुक्रबार गाउँसभाको आयोजना गरेर आर्थिक वर्ष २०७९÷८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाकी  उपाध्याक्ष  मञ्जुबोहराले नीति तथा कार्यक्रम प्रस्ुत गर्दै ४३ करोड २७ लाख ३४ हजार  बजेट गाउँसभामा पेस गरेकि छिन ।

गाउँपालिकाले प्रस्तु गरेको नीति तथा कार्यक्रमा कृषि तर्फ युवा रोजगार, आर्थिक समृद्धिका लागि सुर्नया सरकार कार्यक्रम सञ्चालन गरिने, यस्तै उत्पादनलाइ बढावा दिन  सिचाइ नपुगेका ठाउँमा सिचाइको व्यवस्था गरिने , बाँझो जग्गाको एकिकृत तथ्याँक संकलन गरिने, कृषिपकेट क्षेत्रमा उत्पादन भएका कृषि उपजलाइ संकलन केन्द्र स्थापन गरि बजारिकरणको व्यवस्था गरिने, हरियाली स्चछता कार्यक्रम अन्तरगत एक घर पाँच फलफूलका विरुवा ारोपण कार्यक्रम लागु गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकामा विद्युत महशुल भुक्तानि केन्द्र स्थापना गरिने, विद्युतिकरणगरि अध्यारोमुक्त सुर्नया गाउँपालिका बनाउने कार्यक्रमलाइ निरन्तरता दिइने बताइएको छ । यस्तै शिक्षा क्षेत्रका लागि हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने, अङग्रेजि माध्यमबाट पठन पाठन गर्ने विद्यालयलाइ अनुदान दिइने ,कार्यविधि बनाएर सामुदायिक विद्यालय समायोजन गरिने, विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था गरिने विद्यालय स्तरिय स्वास्थ्य सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिलाई प्राथमिकता राखेर नीति  तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले  जनाएको  छ । पुरानै  कार्यक्रम दोहोरिएका र कुनै नयाँ कार्यक्रम नआएका भन्दै कतिपय नागरिकहरले भने गाउँपालिकाका जनप्रतिनिधिहरुको  आलोचना गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update