बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाले साढे ६४ करोड बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष पार्वती कार्कीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०७९÷ ८० मा ६४ करोड ६२ लाख ८२ हजार बजेट पेसगुर्नभएको हो ।
नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य, युवा स्वरोजगार लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिएको उपाध्यक्ष कार्कीले बताउनुभयो । कृषि तर्फ बाझो जमिनलाई सदुपायोगरी उत्पादनमा जोड दिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शिक्षा तर्फपनि उच्च शिक्षा अध्यान गर्ने दलित परिावारका छात्राहरुलाइ छात्रबृत्तीको ब्यवस्था गरिने जनाइएको छ ।
यसैगरी दोगडाकेदार ७ चडेपानीमा रहेको लवलेक खेलमैदानलाई भागरथी खेलमैदान नामाकारण गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उक्त खेलमैदान निर्माणधिन अवस्थामा छ । यसैगरी असक्त, अनाथ, असहाया र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।




