बैतडी- नेकपा एमाले बैतडीले बैतडीका १० ओटै पालिकाबाट मतदाता नामावली संकलन गर्न माग गरेको छ । आज प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाइ ज्ञापन पत्र बुझाउदै एमालेले १० ओटै स्थानीयतहमा गएर मतदाता नामावली संकलन गर्न माग गरेको हो ।
प्रदेश संघको चुनावलाइ ध्यानमा राखेर पुन मतदाता नामावली संकलन भइरहेका बेला सम्बन्धीत निकायलाइ स्थानीयतहमै गएर नामावली संकलनका लागि ज्ञापन पत्र मार्फत अनुरोध गरिएको नेकपा एमाले बैतडीका उप सचिव लोकेन्द्र भण्डारीले बताए ।
धेरै जना सथानीय नागरिकहरु स्थानीयतहको निर्वाचनमा समेत मताधिकार प्रयोग गर्नबाट बञ्चीत भएका थिए । माग सम्बोधन भए धेरै नागरिकहरु मतदाता परिचयपत्र बनाउन सहज हुने अपेक्षा गरिएको छ । असार १ गतेबाट जिल्ला निर्वाचन कार्यालय बैतडी, जिल्ला प्रशासन कार्यालय बैतडी र इलाका प्रशासन कार्यालय पुर्चौडी हाटबाट मतदाता नामावली संकलनको कार्य भइहरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । निर्वाचनको मिति घोषणा नहुँदा सम्म संकलनको काम जारी रहने बताइएको छ ।




