Sagun Khabar
बैतडीको पुर्चाैडी नगरपालिकाको बजेट  ६५ करोड २२ लाख  

बैतडी- बैतडीको पुर्चाैडी नगरपालिकाले ६५ करोड २२ लाखको  बजेट ल्याएको  छ ।आर्थिक वर्ष  ७९÷ ८० का लागि ६५ करोड २२ लाखको  बजेट ल्याएको  हो ।

नगरपालिकाले शुक्रबार नगरपालिकाको  ११औँ अधिवेशनमा  नगर प्रमुख दीपक बहादुर बमले निति तथा कार्यक्रम प्रस्तुत गर्दै ६५ करोड २२ लाख रुपैयाको बजेट पेस गरेका हुन् । नगरपालिकाले मुख्य सडक पुर्वाधारलाई  प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको  बताएको  छ ।

 नगपालिकाको प्रसासनिक भवन निर्माण गर्ने, घरबारबिहिन नागरीको घर निर्माण गर्ने,अगामी २ वर्ष भीत्र विद्युतीकरण पुरा गर्ने लगायतका मुख्य कार्यक्रम निति तथा कार्यक्रममा समेटिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update