बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार ११ औँ गाउँसभाको आयोजना गरेर गाउँपालिकाले अगामि अगामि आर्थिक वर्ष ७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजिक गरेको हो ।
गाउँपालिकाले शिक्षा स्वास्थ्य कृषिलाइ प्राथमिकता दिएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले जनाकारी दिए । कृषि तर्फ व्यवसाियक कृषि फर्म, कृषक , समूह समिति र कृषि सहकारीलाइ ५० प्रतिश अनुदान दिइने , व्यवसायिक कृषि तथा पशुपालनकर्ताहरुका लागि बिमा कार्यक्र लागु गरिने , उत्पाद बढाउन खेति योग्य जमिनको माटो परिक्षण गरिने ,कृत्रिम गर्भाधान प्रविधि मार्फत उन्नत पशुप्रजन्न सेवा प्रारम्भ गरिने र कृषिमा यान्त्रीकिकरण तथा आधुनिकीकरणका साथै अर्गानिक कृषि उपज उत्पादनमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै प्रत्येक वडामा एक एक ओटा ऋण तथा बचत र बहुउद्धेशिय सहकारी स्थापना गरिने, युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा उपल्बध गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने , साना मझौला तथा ठुलो उधोगहरु सञ्चालने गनृे बताइएको छ । यसैगरि गाउँपालिका भित्र पर्यटकिय सम्भावना बोकेका धार्मीक साँस्कृतिक ऐतिहासिक स्थलहरुको संरक्षण सम्वद्र्धन गरि पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने नीति तथा कर्यक्रममा समावेश गरिएको छ ।
शिक्षा तर्फ पढ्दै कमाउदै कार्यक्रम अन्तरगत शिक्षालयहरुलाइ उद्यमशालाको विकास गर्दै लगिने नीति अवलम्बन गरिने , सामुदायिक विद्यालय मध्ये कम्तीमा एउटा विद्यालयलाइ प्राविधि विद्यालयको रुपमा विकास गर्ने, गबि विपन्न तथा जेहेन्दार विद्यार्थीहरु मध्ये प्रतिस्पर्धाको आधारमा प्रत्येक वडाबाट एक जनालाइ प्राविधिक विषयमा प्रविणता प्रमाणपत्र तह पढ्न पूर्ण छात्रवृत्तीको व्यवस्था गरिने, अवश्यकताका आधारमा छोटोअवधीका तालिमहरु लोकसेवा तयारी कक्षाहरु सञ्चालन गरिने बताइएको छ ।
यस्तै स्वास्थ्य तर्फ पालिका स्तरिय दश शयाको अस्पताल निर्माण कार्य समयमै सम्पन्न गरि विशेषज्ञीय चिकित्सकिय सेवा सञ्चालन गर्ने , रुद्रश्वर स्वास्थ्य चौकी र डिलाशैनी स्वास्थ्य चौकीलाइ चौबिस घण्टे आकस्मिक सेवा प्रदायक स्वास्थ्य संस्थाका रुपमा विकास गर्दै एक जना चिकित्सक एमबिबिएस सहित सेवा प्रवाह गर्ने , अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम सञ्चालन गरिने नितीतथा कार्यक्रममा समेटिएका छन् । गणतन्त्र स्थापनाका लागि साहादत प्राप्त गर्ने सहिद परिवारलाई मासिह ३ हजार रुपैयाका दरले उपलब्ध गराउने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।
एक गाँउपालिका एक खेलमैदान कार्यक्रम अन्तरगत हरिनगर रंगशालालाई सुबिधासम्पन्न खेलमैदान निर्माण गरिने पनि नीति तथा कार्यक्रममा समाबेस गरिने बताइएको छ । बस्ती टोल, वडाबाट पहिचान भएर आएका पुर्वाधारका कार्यक्रमलाई बिशेष जोड दिइने, पालिकाको केन्द्र देखि वडा कार्यालयहरुसँग जोडिएका सडकहरुलाई बाह्रैमास चल्नसक्ने किसिमले स्तरोन्नती गरिने, समय अवधिभित्रै योजना सम्पन्न गर्ने समितिलाई सम्मान गरिने लगायतका कार्यक्रमहरु छन् ।
पालिकाका अधिकांस ठाउँहरुमा फोन तथा इन्टरनेट लाईनले काम नगर्ने हुदा फोरजी टावर निर्माणमा बिषेश पशल गरिने पनि नीति तथा कार्यक्रममा समाबेस गरिएका छन् ।




