Sagun Khabar
बैतडीको दशरथचन्दले ‘विद्यार्थीसंग मेयर’ कार्यक्रम सञ्चालन गर्ने 


बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन ‘विद्यार्थीसंग मेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले सो कुरा उल्लेख गरेको छ । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नमूना विद्यालय छनौट कार्यक्रम अघि सार्ने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । नमूना विद्यालय घोषणाका लागि मापदण्ड बनाएर अघि बढ्ने बताइएको छ । 

यसैगरी सामुदायिक तथा संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update