Sagun Khabar
बैतडीको पाटन नगरपालिकाका शिक्षकहरुलाइ नयाँ पाठ्यक्रम सम्बन्धी जानकारी 

बैतडी-बैतडीको पाटन नगरपालिकाले शिक्षकहरुलाइ नयाँ पाठ्यक्रम बारे जानकारी दिएको छ । नगरपालिकाले   शिक्षा शाखाको आयोजनामा यसै शैक्षिक सत्र देखि लागु गरिएको नयाँ पाठ्यक्रम बारे शिक्षकहरुलाइ जानकारी गराएको हो ।

प्रबोधिकरण कार्यक्रमको आयोजना गरेर सामुदायिक विद्यालयका शिक्षकहरुलाइ नयाँ केन्द्रीय पाठ्यक्रम बारे जानकारी दिएको शिक्षा शाखा प्रमुख बिर्ख राज भट्टले बताए ।

तालिममा शिक्षणविधि, मुल्याँकन प्रकृया, शिक्षण सिकाइ प्रकृया ,पाठ्यक्रमका शैद्धान्तीक पक्षका बारे तालिम दिइएको उनले बताए । पाटन नगरपालिकाको सभाहलमा भएको प्रबोधिकरण तालिममा ४ ÷५, ६÷८ र ९ ÷१० मा पढाउने सामुदायिक विद्यालयका एक÷एक जना शिक्षक गरि एक सय सात जनाको सहभागियता रहेको थियो ।

शनिबार देखि सञ्चालन भएको कार्यक्रम  आइतबार सम्पन्न भएको हो । पाठ्यक्रम बारे जानकारी  दिने  उदेश्यले   तालिमको आयोजना गरिएको नगरपालिकाको  शिक्षा शाखाले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update