बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकास्थित दुईओटा स्वास्थ्यचौकीबाट चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान हुने भएको छ । डिलाशैनी गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि वडा नं ३ स्थित रुद्रेश्वर स्वास्थ्यचौकी र वडा नं ७ स्थित डिलाशैनी स्वास्थ्यचौकीबाट चौबिसै घण्टा सेवा उपलब्ध हुने जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ती दुवै स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था गर्ने, टेलिमेडिसिन सेवा र प्रयोगशाला सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यस्तै गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षणका लागि वडा वडामा भिडियो एक्सरे सेवा सञ्चालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने र स्वयंसेविकाहरुको लागि ‘कोसेली झोला’कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।




