बैतडी-बैतडीमा बलात्कारका घट्ना बढ्दै गएको एक तथ्याङ्क देखाएको छ । जिल्लामा ६ महिनामा ७ जना महिला बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको हो ।
इन्सेक बैतडीले सार्वजनीक गरेको अर्धवार्षिक प्रतिवेदनमा यो वर्षको अहिलेसम्म ३ बालिका बलात्कृत भएका र १ बालिका यौन दुव्र्यवहारको घटनाबाट पीडित भएको बताईएको छ । यस्तै ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको इन्सेकले जनाएको छ ।
२ महिला बहुविवाह र १९ महिला घरेलु हिंसाबाट पीडित भएको देखाएको छ । इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा आइतबार इन्सेक प्रतिनिधि नरी बडुले उक्त कुरा सार्वजनिक गरेका हुन ।
इन्सेकले सार्वजनीक गरेको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला कारागारमा कैदी र थूनुवा गरी क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका पाइएको छ । २५ जना क्षमता रहेको कारागारमा अहिले ८७ जना छन् । यस्तै जिल्लाका केहि विद्यालयमा अझै पनि विद्यार्थीहरुले पाठ्यपुस्तकहरु नपाएका प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्ल्लाका स्वास्थ्यसंस्थाहरुमा औजार उपकरण र आवश्यक पूर्वाधाहरु पनि प्रयाप्त मात्रामा नभएको प्रतिवेदनले देखाएको छ । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले देखा परेका समस्याहरुको समाधानका लागि पहल गरिने बताएको इन्सेक बैतडी तिनिधि बडुले बताएका छन् ।




