Sagun Khabar
देशभर फैलियो मनसुन, सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना 

बैतडी – देशभर मनसुन फैलिएको छ । ६ ओटा प्रदेश प्रवेश गरिसकेको मनसुन आइतबार सुदूरपश्चिम प्रवेश गरेसँगै देशभर फैलिएको हो ।

आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरिएको हो ।  मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update