Sagun Khabar
अनेरास्ववियु बैतडीको जिल्ला अधिवेशन असार २५ गते 

बैतडी- नेपाल कम्युनिष्ट पार्टि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन (अनेरास्ववियु) को जिल्ला अधिवेशन यहि असार २५ गते हुने भएको छ । शनिबार नेकपा एमाले जिल्ला सचिव एवं संगठन विभाग प्रमुख चक्र कार्किको प्रमुख आतिथ्यता र अनेरास्ववियु जिल्ला संयोजक नरेन्द्र साउँदको अध्यक्षतामा बसेको बैठकले अनेरास्ववियु बैतडीको १२ औँ  जिल्ला अधिवेशन यहि असार २५ गते बैतडी सदरमुकाममा गर्ने निर्णय गरेको हो । 

अधिवेशनबाट अनेरास्ववियुको नयाँ नेतृत्व चयन हुने  छ । अधिवेशनबाट ७ जना पदाधिकारी सहित बढीमा ३९ जनाको जिलल्ला कमिटी चयन  हुने अनेरास्ववियु बैतडी संयोजक नरेन्द्र  साउँदले जानकारी दिए । अधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएका छन्   ।

मूल व्यव्स्थापन समिती संयोजकमा नरेन्द्र साउद, प्रचारप्रसार व्यवस्थापनमा खेमराज अवस्थी,  प्रतिनिधि व्यवस्थापनमा लोकेन्द्र बहादुर बिस्ट, आर्थिक व्यवस्थापनमा दिनेश राज भट्ट,  प्रतिवेदन लेखनमा  सुरेश सेरलालाइ  चयन गरिएको छ ।

अधिवेशन प्रतिनिधिका रुपमा गाउँकमिटिबाट २ महिला सहित ५ जना, नगर कमिटी बाट ३ महिला सहित ७ जना ,क्याम्पस कमिटी र मावि प्रारम्भिक कमिटिबाट १ महिला सहित ३ सहभागि हुने बताइएको छ ।

 यस्तै शनिबारको बैठकमा अनेरास्ववियु बैतडीले २०७९को स्थानीय तहको निर्वाचनमा अनेरास्ववियुबाट निर्वाचित दिनेश भट्ट बिचार र कमल भुललाइ सम्मान समेत गरेको जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update