Sagun Khabar
बैतडीको  डिलाशैनी ४ मठैराजमा कुमारी बैंकको  शाखारहित बैंकिङ सेवा 

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ४ मा कुमारी बैंकको शाखारहित बैंकिङ सेवा शुरु भएको छ । आइतबार गाउँपालिकाको वडा नं ४ मठैराजमा बैंकले शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको कुमारी बैंकका ब्रान्च म्यानेजर निरज खरेलले जानकारी दिए ।आइतबार  गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशी, अन्य जनप्रतिनिधि लगायत स्थानीयहरुको उपस्थितिमा कार्यक्रमको  आयोजना गरेर   सेवा शुभारम्भ गरिएको  बताइएको  छ ।  

सो ठाउँबाट  रेमिट्यान्स सेवा, खाता खोल्न मिल्ने, कुनै पनि बैंकमा रकम जम्मा गर्न सकिने, पैसा झिक्न मिल्ने बताइएको छ ।  ५० हजार सम्म पैसा पठाउन र झिक्न मिल्ने कुमारी बैंकका शाखा प्रमुख खरेलले बताए ।

शाखारहति बैंकिङ सेवा सुरु भएपछि अब त्यहाँका नागरिकहरुलाइ सहज भएको छ । मठैराजमा बैंकिङ सेवा शुरु भएपछि  सामान्य खाता खोल्न पनि गोकुले जानु पर्ने त्यहाँका नागरिकहरुको बाध्यता हटेको छ ।

बैंकले अभिकर्ताको रुपमा मठैराज किराना पसलका प्रोप्राइटर महेश राज पन्तलाइ तोकेको बताएको छ । कुमारी बैंकको डिलाशैनीमा यो दोस्रो शाखारहित बैंकिङ सेवा हो । वडा नं १ बाट पनि कुमारी बैंकले शाखारहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।  

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update