बैतडी- बैतडीका स्थानीयतहरु विद्युतीय भुक्तानी गर्न थालेका छन् । यसअघि बैतडीको दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले विद्युतीय भुक्तानी शुरु गरेकोमा जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि सोमबारबाट विद्युतीय भुक्तानी शुरु गरिसकेको छ ।
दोगडाकेदार गाउँपालिकामा पनि विद्युतीय भुक्तानी शुरु भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकयि अधिकृत भानुभक्त भट्टले बताए । अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुने बताइएको छ ।
चेक मार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब सहज भएको गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले बताए । कर्मचारी हरुलाइ पनि काम गर्न सहज हुने र सेवा ग्राहीहरुलाइ पनि सेवा लिन सहज हुने उहाँको भनाइ छ ।
महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा जिल्लाका केहि स्थानीयतहरुले असारमै विद्युतीय भुक्तानी सेवा शुरु गरिसकेका छन् ।




