शहीद दशरथ चन्दको जन्म जयन्तीको अवसरमा सिलाई मेसिन वितरण
बैतडी –शहीद दशरथ चन्दको १२० औं जन्मजयन्तीको अवसर पारेर विपन्न महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ । अवकाश प्राप्त जनरल लेफ्टिीनेन्ट एवं रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष नेपाल भूषण चन्दको सहयोगमा सोमबार ४ जनालाई मेसिन वितरण गरिएको हो ।
शहीद दशरथचन्द स्मृति प्रष्तिठानले एक कार्यक्रमको आयोजना गरी विपन्न महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । दशरथचन्द नगरपालिका ८ का भुरी दमाई, मीना दमाई, जानकी महर र वडा नं ६ का निर्मला दमाईलाई सिलाई मेसिन वितरण गरिएको हो ।
दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्द र पूर्व अध्यक्ष तेजप्रकाश भट्टले संयुक्त रुपमा विपन्न महिलाहरुलाई मेसिन हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ १८:१८
प्रतिक्रिया दिनुहोस्




