बैतडी -बैतडीको पाटन नगरपालिकामा मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा नगरपालिकाको वडा नं १० हतास स्थित सिद्धपुर स्वास्थ्यचौकीमा शिविर सम्पन्न भएको हो ।
शिविरमा १ सय ५३ जनाले सेवा लिएका सिद्धपुर स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र बोहराले जानकारी दिए। उनका अनुसार सोमबार सम्पन्न शिविरमा ९१ महिला र ६२ पुरुषले सेवा लिएका हुन् ।
घरपाइकमै जेष्ठ नागरिकहरुलाइ सेवा दिने उदेश्यले सञ्चालन भएको जेष्ठ नागरिक स्वास्थ्य शिविरमा सामान्य चेकजाँच सेवा प्रदान गरेर निशुल्क औषधी समेत वितरण गरिएको स्वास्थ्यचौकी इ्न्चार्ज बोहराले बताए ।
चेकजाँचका क्रममा देखिएका स्वास्थ्य समस्याका आधारमा जेष्ठ नागरिकहरुलाइ निशुल्क औषधी वितरण गरेको उनको भनाइ छ । सेवा पाउँदा जेष्ठ नागरिकहरु पनि खुसि भएका स्वास्थ्यचौकीका अनमि मिना महराले बताइन् ।




