Sagun Khabar
विभिन्न माग राख्दै राप्रपा बैतडीले बुझायो कृषि ज्ञानकेन्द्रलाइ  ज्ञापन पत्र 

बैतडी-  विभिन्न  माग राख्दै  राष्ट्रिय  प्रजातन्त्र पार्टी राप्रपा बैतडीले  कृषि ज्ञान केन्द्रलाइ  ज्ञापन पत्र बुझाएको छ ।  कृषकहरुको हकहितमा काम गर्न माग गर्दै राप्रपा बैतडीले सोमबार  ज्ञापन पत्र बुझाएको हो ।

पार्टीले किसानहरुका समस्या समाधान गराउन कृषि ज्ञान केन्द्रलाइ  ज्ञापन पत्र बुझाएको राप्रपा बैतडीका  प्रवक्ता देवेन्द्र  मालले  जनाकारी  दिए  ।

 किसानहरुलाइ  मल उपलब्ध गराउन , तरकारी फलफूल पकेट क्षेत्र निर्माण गर्न , सिचाइको व्यवस्था गर्न र जिल्लाका  विभिन्न  ठाउँमा शितभण्डार केल्डस्टोर स्थापनाको माग राप्रपाले  गरेको  छ ।  

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update